तत्कालिन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अधिनमा रही डिभिजन सहकारी कार्यालय भक्तपुरमा द.नं ७६/०५९/०६० वि.सं. २०५९ सालमा विधिवत दर्ता भई भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालीका वडा नं १, दधिकोट, विरुवामा आफ्नो रजिष्टर्ड कार्यालय रहेको यस चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्थाले सूर्यविनायक नगरपालीका भित्रका सम्पूर्ण वडाहरुलाई आफ्नो कार्यक्षेत्र भित्र समेटी कार्य गर्दै आइरहेको छ ।

मिठाराम न्यौपाने, अध्यक्ष

सुदर्शन चौलागाई, व्यवस्थापक
ध्येय (Mission)
“समुदायमा जनविश्वास प्राप्त दिगाे वित्तीय संस्था”
परिकल्पना (Vision)
“सरल र सहज रुपमा एकिकृत सेवा प्रदान गर्ने अग्रणी वित्तीय संस्था “
सिद्धान्त (principle)
| १. खुल्ला तथा ऐच्छिक सदस्यता |
| २. सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण |
| ३. सदस्यहरुको आर्थिक सहभागिता |
| ४. स्वायत्तता र स्वतन्त्रता |
| ५. शिक्षा, तालिम र सूचना |
| ६. सहकारीहरु बिच पारस्परिक सहयोग |
| ७. समुदायप्रति चासो |
सदस्यता प्राप्त गर्ने सम्बन्धी जानकारी
- संस्थाको कार्यक्षेत्र भित्र स्थायी बसोबास गरेको हुनुपर्ने ।
- सदस्यताको लागि १६ वर्ष पुरा भएको हुनुपर्ने ।
- नेपाली नागरिकताको फोटो कपी एक प्रति ।
- पासपोर्ट साइजको तीन प्रति र अटो साइजको एक प्रति फोटो ।
- न्यूनतम शेयर खरिद ५० थान अनिवार्य ।
- मासिक बचत (रु. २०० देखि ५०००) अनिवार्य ।
- सदस्य कल्याण बचत रु. २०० ।
- प्रवेश शुल्क रु. १०० ।
- सामाजिक सुरक्षा कोष रु. ५०० ।
- सदस्यता फाराम संस्थाबाट उपलब्ध हुने ।
ऋण माग गर्दा आवश्यक कागजातहरु
- ऋण माग फाराम ।
- व्यवसायिक परियोजना पत्र ।
- नेपाली नागरिकताको फोटोकपी एक प्रति ।
- लालपूर्जा सक्कल तथा प्रतिलिपी ।
- सम्बन्धी कित्ताको ब्लुप्रिन्ट तथा टेस नक्सा ।
- कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी ।
- व्यवसायको दर्ता प्रमाणपत्र नविकरण सहित ।
- पारिवारिक तथा आय व्यय विवरण ।
- घरमुलीको मन्जुरीनामा ।
शैक्षिक ऋणको लागि अतिरिक्त कागजातहरु
- सम्बन्धित कलेजको कन्फर्मेशन पत्र ।
- भिसा र पासपोर्टको प्रतिलिपि ।
- मुद्रा सटहीपत्रको प्रतिलिपि ।
- अन्य आवश्यक कागजपत्रहरु ।
बचत सम्बन्धी जानकारी
- मासिक बचत रु. २०० देखि ५००० सम्म जम्मा गर्न सकिने छ ।
- मासिक बचत महिनाको मसान्तसम्म जम्मा गर्नुपर्नेछ अन्यथा रु. १० बिलम्ब शुल्क लाग्नेछ ।
- नियमित बचत फिर्ता लिन चाहेमा ५ वर्षपछि मात्र ५० प्रतिशत फिर्ता लिन सकिनेछ ।
- नाबालक बचत मासिक न्यूनतम रु. १०० देखि रु. २००० सम्म जम्मा गर्न सकिनेछ ।
- नाबालकको हकमा १६ वर्ष उमेर पुगेपछि मात्र बचत फिर्ता गर्न सकिने छ ।
- साधारण बचत न्यूनतम रु. १०० देखि जति पनि रकम जम्मा गर्न सकिनेछ ।
- बचत भुक्तानी लिनको लागि अनिवार्य भुक्तानी आदेश पूर्जा (चेक) को प्रयोग गर्नुपर्नेछ ।
- आवधिक बचत न्यूनतम रु. १०००० देखि जति पनि रकम जम्मा गर्न सकिनेछ ।
- आवधिक बचतको अवधि पुरा नहुँदै रकम झिक्न पाइने छैन ।
- खुत्रुके बचत रु. १०० देखि जति पनि रकम जम्मा गर्न सकिने छ ।
- खुत्रुके बचतको रकम साधारन सरह फिर्ता गर्न सकिने छ ।
- दैनिक बचत रु. १०० देखि ५००० सम्म रकम जम्मा गर्न सकिने छ ।
- दैनिक बचत ६ महिना पुरा भएपछि मात्र फिर्ता गर्न सकिने छ ।
- चमेली विशेष बचत न्यूनतम रु. १०,००० देखि माथि जति पनि रकम जम्मा गर्न सकिने छ ।
- लघुवित्त समुह बचत रु. १०० देखि ५०० सम्म जम्मा गर्न सकिने छ ।
- ज्येष्ठ सदस्य बचत न्यूनतम रु. ५००० मा खाता खोली जति पनि रकम जम्मा गर्न सकिने छ ।
- ज्येष्ठ सदस्य बचत भुक्तानी लिन भुक्तानी आदेश पूर्जा (चेक) को प्रयोग गर्नु पर्नेछ ।
- पेन्सन बचत मासिक रुपमा रु. २०० देखि १,००० सम्म जम्मा गर्न सकिने छ र १५ वर्ष पछि मात्र पेन्सनको रुपमा वा एकमुष्ठ भुक्तानी लिन सकिने छ ।
- चमेली सुनौलो भविष्य बचत योजना मासिक रु. ५०० देखि २,००० सम्म जम्मा गर्न सकिने छ र १५ वा २० वर्ष पछि मात्र एकमुष्ठ भुक्तानी लिन सकिने छ ।
- बचत सम्बन्धी विस्तृत जानकारीको लागि कार्यालय समयमा संस्थामा सम्पर्क गर्नुहोला ।
ऋण सम्बन्धी जानकारी
- सदस्य जमानी तथा बचत जमानी ऋण रु. ३,००,००० सम्म लगानी गरिनेछ।
- कृषि तथा पशुपालन ऋण रु. ५०,००,००० सम्म लगानी गरिनेछ ।
- शैक्षिक ऋण रु. ५०,००,००० सम्म लगानी गरिनेछ ।
- व्यवसायिक ऋण १,०,००,००० सम्म लगानी गरिनेछ ।
- लघुवित्त समूह जमानी ऋण व्यवसायको आधारमा रु. २,००,००० सम्म गरिनेछ ।
- हायरपर्चेज ऋण धितो जमानीमा रु. ३०,००,००० सम्म लगानी गरिनेछ ।
- खरखाँचो ऋण रु. २०,००,००० सम्म लगानी गरिनेछ ।
- वैदेशिक रोजगार ऋण रु. ३०,००,००० सम्म लगानी गरिनेछ ।
- मुद्दती रसिद धितो ऋण ९० प्रतिशत सम्म लगानी गरिनेछ ।
- स्वास्थ्य उपचार ऋण
क) ६ महिनाको लागि बिना व्याज रु. २५,००० सम्म लगानी गरिनेछ ।
ख) धितो जमानीमा रु. ३०,००,००० सम्म लगानी गरिनेछ ।
- वैकल्पिक उर्जा ऋण रु. ३०,००,००० सम्म लगानी गरिनेछ ।

