संस्थाबाट प्रदान गरिने सेवा तथा सुविधाहरुः

चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था निम्न बमोजिमका सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस प्रकारका सेवा तथा सुविधाहरुलाई भविष्यमा अझ परिष्कृत गर्दै थप सेवा तथा सुविधाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।

मनी ट्रान्सफर सेवा

संसारका विभिन्न देशवाट आउने रेमिट्यान्सलाई संस्थाले विभिन्न मनी ट्रान्सफर सेवासँग संझौता गरी सहजै उपलब्ध गराउनुको साथै अन्तरदेशीय रेमिट्यान्स सेवालाई पनि संचालन गरेको छ ।

  • Western Union Money Transfer
सदस्य राहत कोष

संस्थाको सम्पूर्ण शेयर सदस्यहरुको अधिकतम् हितलाई ध्यानमा राखी संस्थाले तय गरेको न्यूनतम् प्रावधान पूरा गरेका सम्पूर्ण शेयर सदस्यहरुलाई तोकिए बमोजिम आकस्मिस ऋण सेवा, मृतक राहत, सुत्केरी राहत लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

शैक्षिक ऋण

विदेशमा अध्ययनमा जाने विद्यार्थीहरुको सुविधाको लागि पनि शैक्षिक ऋण को सुविधा उपलब्ध गराइएको छ ।

विभिन्न प्रकारका खाता खोल्न पाउने सुविधा

निम्न बमोजमका खाता खोल्न पाउने सुविधा प्रदान गरिएको छ ।

  • साधारण बचत खाता
  • मासिक बचत खाता
  • समुह बचत खाता
  • शैक्षिक बचत खाता
  • दैनिक बचत खाता
  • मुद्धती बचत खाता (आवधिक  खाता)
विभिन्न प्रकारका कर्जा सुविधा

निम्न बमोजमका कर्जा सुविधा उपलब्ध गराइएको छ ।

  • व्यवसायिक कर्जा
  • हायर पर्चेज कर्जा
  • कृषि पर्चेज कर्जा
  • घर निर्माण तथा मर्मत कर्जा
  • सामूहिक जमानी कर्जा
  • शैक्षिक कर्जा
कार्यालय, पसल, घर दैलोबाटै बचत गर्न सकिने सुविधा

सदस्यहरुलाई पायक पर्ने स्थानबाटै दैनिक बचत गराउन सकिने सुविधा प्रदान गरिएको छ।

wpChatIcon
wpChatIcon